आजभन्दा करिब १७ बर्ष पहिल्यै को मेरो बाल्यकाल को तस्बिर ।
मेरो बाल्यकाल !! बिनु बलगमा यहाँहरूलाई सबैलाई स्वागत साथै नमस्कार छ ।
आज म मेरो बाल्यकालको आफुले सम्झेको ति रमाइलो पलहरू बलग मार्फत लेख्न गइरहेको छु । मेरो यस बलग पढनुहुने छ भन्ने, पुर्ण आसा गरेको छु ।
मेरो जन्म २०५४ बैशाख महिना २८ गते बनेथोक-३ स्याङ्जामा भएको थियो । म ४ बर्षको उमेर भएपछि हाम्रो घरबाट स्कुल टाढा भयो कारण मलाई पढ्नको लागि बाबा ,ममीले मलाई मामाघर पठाउनुभएको थियो । म सिसु कक्षामा भर्ना भएर मामाघरमा बसेर पढ्न थाले । मामाघरमा हुदा म मामाघरको आमा, मामाहरु ,सानिआमा सबैको प्यारो थिए । सबैले मलाई धेरै माया गर्नुहुन्थ्यो ।
मलाई अझै पनि स्मरण छ , कान्छो मामाले खुबै मेहनत गरेर मलाई पढ्न लेख्न सिकाउनु हुन्थ्यो ।तर पनि त्यति बेला मलाई पनि सिक्न गाह्रो हुन्थ्यो । मामालाई पनि सिकाउन निकै गाह्रो हुन्थ्यो, तरपनि मामाले रातदिन घरको काम धन्दा छोडेर भएपनि मलाई पढाउने गर्नु हुन्थ्यो । जसको कारण आज म यहाँसम्म आइपुगेको छु । यदि मामाले त्यति मेहनत गरेर मलाई पढाउने कोसिस नगर्नु भयको भय मैले आज यो बलग लेख्न सक्दिनथे होला ।
म सिसु कक्षा देखि कक्षा ४ सम्म मामाघरमा बसेर पढे ।त्यस ५ बर्षको समय सबैको प्यारो भयर बसे । त्यस बीचको समयमा घर जानि भन्दा पनि घर आउन मन लाग्दैनथ्यो । किनकि मैले आफ्नो बाबा मामीलेको जस्तै माया पायको थिए । मामाघरमा हुदा सँगै पढ्ने र एकदमै मिल्ने साथी सुसिल र सागर थिए ।
यता घरमा बुढी हुदै जानुभएको हजुआमा र बाबा प्रदेश, घरको काम धन्दा मेलापातमा ममी ब्यस्त हुने भएकोले । मामाघरमा बसेर पढ्ने रहर हुदा हुदै पनि कक्षा ४ पास भएपछि आफ्नो घर कुसुन्दे आए र मेथाभुरुङ स्कुलमा ५ कक्षा भर्ना भएर पढ्न थाले । हजुरआमाले मलाई धेरै माया गर्नुहुन्थ्यो ।स्कुल जाँदा सधै खाजा खाने पैसा दिनुहुन्थ्यो । कसैले आफूलाई केही खानेकुरा दियो भने पनि आफुले नखाईकिन मलाई दिनुनुहुन्थ्यो ।आफ्नो बृद्ध भत्ता आउदा छुट्टै पैसा मेरो लागि छुट्टाऊनु हुनथ्यो र मलाई भन्नु हुन्थ्यो बाबु तेरो बिबाह मा मलाई एउटा सारी ल्याइदे है । आज उहाँ यो संसारमा हुनुहुन्न , सम्झिदा आज पनि आखाँ बाट आसु झर्छ ।
यसरी नै सबै को प्यारो हुदै दिनहरू बित्दै गयो । गाउँमा साथीहरु धेरै थिए । साथीहरूसँग खेल्ने रमाउने गरिन्थ्यो । घरमा आफूले सक्ने काम आफुलाई मन लागेको बेलामा गर्ने गर्थे। स्कुल जाने बाटो जङ्गल भयकोले सबै साथीहरु सबै भेला भई सँगै स्कुल जाने र सँगै घरमा फर्किन्थ्यौ । स्कुल जाँदा आफुले भने जति पैसा नदिए रिसाउने , रोईदियो भने ममीले आफ्नो पटुकीको टुप्पोमा बाधेर राखेको पैसा नबोली नबोली झिक्यर दिनुहुन्थ्यो ।
पैसा पायपछि खुसी भयर स्कुल गइनथ्यो , आफुलाई जे-जे मन लाग्छ त्यही किनेर साथीहरु सँग मिलेर खाइन्थ्यो । कहिले काही साथीहरू सबै मिलेर आ-आफ्नो घरबाट सर सामान ल्याएर खाजा तरकारी बनायर वरा खान्थ्यौ भनि गाग्री, जर्किन बजाएर ,गित गायर नाचेर रमाइलो पनि गर्ने गरिन्थ्यो । कति रमाइलो गरेर ति दिनहरू बित्ने गर्दथ्यो ।
कहिले काही सोच्ने गर्छु ती दिनहरू फेरि आउने भय कति रमाइलो हुन्थ्यो होला भनेर ।यसरी नै रमाइलो गरेर सबैको प्यारो भयर मेरो बाल्यकाल बितेको थियो ।
आफ्नो अमूल्य समय दिएर मेरो बाल्यकालको बारेमा लेखेको बलग पढ्दिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद ।
अहिले केही महिनाअघि देखि पार्ट टाइम अनलाईन मार्केटिङ्ग गरदै आएको छु । यदि तपाईहरु पनि अनलाइन मार्केटिङ्ग क्षेत्रमा पार्ट टाइम फुल टाइम लाग्न चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ भने इमेल पनि गर्न सक्नुहुनछ ।
https://www.facebook.com/binu.mahat.165
email: mahatbinu1997@gmail.com

0 comments:
Post a Comment