About me and Online marketing nformation

This my business page LuluNepal Tech

Online marketing information about for please like this my page

Online E-shoping

contact us.9805864394 email:lulunepal2020@gmail.com

Enjoy the life

I am learning Blogging.

Lulunepal Ads

If your business grow need to facebook ads boost.

Monday, September 7, 2020

टिकटकको इतिहास थाहा पाउनुहोस् ?

 टिकटकको इतिहास थाहा पाउनुहोस् ?



टिकटक अहिले विश्वभरका मानिहरुले मन पराएको प्रख्यात चाइनिज एप हो , जसमा भिडियो शेयरिङ गर्ने गरिन्छ। यसका सस्थापक जाङ यिमिङ हुन , जसले चीनको वेजीङमा वाइट- डान्स भन्ने इन्टरेट टेक्नोलोजी कम्पनीले स्थापना गरेका छन् । यो कम्पनी २०१२ मा स्थापना भएको थियो ।

यो एपमा थोरै समयको गीत लीपसिङ, नृत्य ,हास्यव्यङग र आफ्नो टयालेन्ट देखाउन मिल्ने भिडियो हाल्न मिल्छ , जुन ३ देखि ५ सेकेन्डको हुनुपर्दछ । शुरुमा वाइट डान्सले चीनको बजारमा यस्तै एपलाई डोइन नामले २०१६ सेप्टेम्वरमा सार्वजनिक गरेको थियो तर , यो सन् २०१८ अगस्ट २ मा म्युजिकल लीसँग मर्ज गरेपछि मात्र पूरै विश्वभर उपलब्ध भएको थियो ।

यो एप करिव ४० भाषामा उपलब्ध गराइएको छ । ४ वर्षमा टिकटकले करिव १ अर्व वढि प्रयोगकर्ता बनाइसकेको छ । अप्रिल २०२० सम्म ८० करोड माश्रिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

चिनमा अहिले पनि यो एप डोइटकै नामले चिनिन्छ । टिकटक र डोइन युजर इन्टरफेस एउटै भएतापनि यिनीहरु दुवै बेग्लाबेग्लै सर्भरमा चल्छन् र एकअर्काको डेटावेस माथि कुनै पँहुच हुदैन ।

टिकटकको विश्वभरि डब्लिन , लसएञ्जलस , न्युयोर्कसिटि लन्डन , वेरिस , बर्लिन , दुवई ,मुम्बई , सिंगापूर , जकार्ता , सोल र टोकियो आदि ठाउँमा हेडक्वाटर रहेको छ ।

सार्वजनिक भएदेखिनै सफलता मात्र देख्दै आईरहेको यो एपले भने अव धेरै ठाउँमा ठक्कर खानु पर्ने अवस्थाको सिर्जना हुदैँ गएको छ । जुन महिनामा मात्रै टिकटकको धेरै प्रयोगकर्ता भएको देश टिकटक एप आफ्नो देशमा बन्द गरेको थियो ।

जसको कारण टिकटकले ठूलो संख्यामा प्रयोगकर्ता र आम्दानी गुमाएको छ । भारतमा मात्रै २० करोड बढी मासीक सक्रिय प्रयोग कर्ता रहेको थियो । त्यसबाट टिकटकलाई ६ अर्वको घाटा भयको अनुमान गरिएको छ ।

नेपालमा भने लकडाउन भएसँगै टिकटकको प्रयोगकर्ता तिब्र रुपमा बढेको पाइएको छ । जसले गर्दा इन्टरनेट स्पीट नपुगेर अन्तर्राष्ट्रिय वेन्डवीथ खरिद गर्न परेको भिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले बताएका छन् ।

Saturday, September 5, 2020

चिनको नम्बर एक हुवाई कम्पनीको बारेमा थाहा पाउनुहोस् ?

चिनको नम्बर एक  हुवाई कम्पनीको बारेमा थाहा पाउनुहोस् ? 






हुवाई कम्पनी सन् १९८७ मा  Ren Zhengfei  स्थापना गरेका थिएँ । यसको मुख्य कार्यालय चीनको रोन्जेेनमा रहेका छ ।


हुवाईले प्रबिधिमार्फत १७० देसका ३ विलियन जना मानिसहरुलाई कनेक्ट गरेको छ । पुँजीको इन्नोभेसन र विस्तारमा हुवाईको योगदान अतुलनिय रहेको छ ।कुल रेफेई यो कम्पनी स्थापना गर्दा ४२ वर्षका थिएँ ।

हुवाई सन् २०१४ मा विश्वको टप ब्राण्डमा पर्ने चीनको सफल भएको थियो ।विश्वको टप ब्राण्डमा पर्ने चीनको पहिलो कम्पनी थियो । हुवाई फेच्र्युनको उत्कृष्ट ५०० कम्पनीको लिस्टमा टप ६१ मा पर्न सफल भएको थियो ।
हुवाईको आफ्नै युनिर्भसिटी र टेक्नोपार्क रहेको छ । विद्यार्थीले आइटी क्वालिफाइड भईसकेपछि । हुवाईमा काम गर्नको लागि अफर गरिन्छ । हुवाईको लगभग ८० % विश्वको उत्कृष्ट टेलिकम्युनिकेसन कम्पनीसँग पार्टनर रहेको छ ।
हुवाई एक ठुलो कम्पनी हो र यसको आर एन्डडी रिसर्च एन्ड डेभल्पमेन्ट मा ७६ हजार बढी कर्मचारी रहेको छन् । अनिहरु पछिल्लो १७ वर्षम आर एन्ड डि म ६०. ४ करोड लगानी गरेकाथिए । सधै रचनात्मक र प्रेस आइडियाका लागि हुवाईले हरेक छ महिनामा कम्पनीको सिइयो रोर्टड गर्दछ ।

अहिले यस कम्पनी मा १ लाख ९४ हजार कर्मचारी रहेको छन् ।

Monday, August 24, 2020

के हो त आईपी भी सिक्स (IPv6) ?



नमस्कार यहाँहरुलाई स्वागत छ मेरो बल्ग पोष्टमा ।




कअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणहरुलाई एउटा आईपी एडे«स आवश्यक हुन्छ । यो एउटा यस्तो सख्या हो । जसलाई इन्टरनेट प्रोटोकल (आईपी) भनिन्छ । यो एडे«स इन्टर्नेट असाइन नम्बर प्राबिधिरण भर्ने अमेरिकी संस्थाले सबै इन्टरनेट सेवा प्रदायकहरु लाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ । आईपी एड्रेसका दुई संस्करण हुन्छन् ।
एउटा आईपी भर्सन फोर हो भने अर्काे आईपी भर्सन सिक्स हो । सुरुको भर्सन आईपी भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एडे«सहरु छन् । जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भयो । परिणमतसु् पब्लिक भी फोरका ेअभावको समस्याहरुलाई निरारण गर्न अधिकाशं इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एडे«सिङको प्रयोगका लागि नेटवर्क एडे«स ट्रान्सलेसन एन ए टी प्रविधिमा निर्भर छन् ।
यो प्रोटोकलले पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो। आईपीभी सिक्सभित्र आईपी यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एडे«स असाइन गर्ने क्षमता राख्छ । यसमाएनएटी प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस अली राम्रो हुन्छ ।
हाल गूगल , फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्स मा पनि साम्रगी प्रदान गर्छन् । जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पु¥याइरहेका हुन्छन् । हाल उपकराण्को इकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुन े ब्राउजरर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् ।
एसिया प्रशान्त नेटवर्क इन्फर्मेसन सेन्टर ,गूगल र फेसबुकको तथ्याङ्क अनुसार हाल विश्वको करिब २६ प्रतिशत नेटवर्क भी सिक्समा छ । यस्तै नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्स गएको छ । जसमा सबैभन्दा धेरै योगदान आफ्नै रहेको वल्र्डलिंकको छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र होइन साथै यसले इन्टरनेट सुरक्षा समेत बुढाउन मद्दत गरेको छ ।

सरकारी तथा नियामक निकायहरुलाई गैरकानुनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाऊनेछ , जुन कुरा आईपीभी फोरमा नेटवर्क एडे«स ट्रान्सलेसन ल्ब्त् को कारण ले गतिविधि ट्रयाक गर्न निकै कठिन हुन्छ ।

अनलाइनमा काम गर्न रुचि राख्ने हरुको लागि डिजिटल मार्केटिङ एफिलेट मार्केटिङ एउटा राम्रो प्लेटफर्म हो ।यदि तपाईँहरू पनि डिजिटल मार्केटिङकोबारेमा जानकारी लिन र सिक्न चाहनुहुन्छ भने मलाई फेसबुक मार्फत म्यासेज गर्न सक्नुहुन्छ । इमेल पनि गर्न सक्नुहुन्छ । 👉https://www.facebook.com/binumahat999
👉mahatbinu1997@gmail.com

Saturday, July 4, 2020

"आजको प्रविधिको युगमा मानिसको आधारभूत आवश्यकतामा इन्टरनेट । "

आजको प्रविधिको युगमा मानिसको आधारभूत आवश्यकतामा इन्टरनेट ।


आजको प्रविधिको युग २१ शौ शताब्दीमा मानिसका आधारभूत आवश्यकता गास , बास, कपास पछि इन्टरनेट भएको छ । आजको दिनमा इन्टरनेटको पहुँच बाट हामी वञ्चित भयौँ , भने अझै एक पुस्ता पछाडि नै पारिनेछ ।त्यसैले हामीहरू जति सक्दो इन्टरनेटको सही सदुपयोग गरि आजको प्रविधि संग संगै अपडेट हुन आवश्यक छ। एक पटक हामी कल्पना मात्र गरौं त केही दिन केही समय इन्टरनेट नभएमा हामी के गर्छौ र कति छटपटिन्छौ होला । विश्वका आधा भन्दा बढी मानिसहरू स्मार्ट फोन र इन्टरनेट विनाको आफ्नो दैनिकी कल्पना गर्न समेत छोडिसकेका छन् । प्रोफेसनल जीवन शैली र बिजिनेस व्यवसायको लागि त झन इन्टरनेट अपरिहार्य नै भैसकेको छ । बिश्वका कतिपय बिकशित राष्ट्रहरूमा हरेक नागरिकलाई न्यूनतम् इन्टरनेटको सुविधा हुनुपर्ने गरि अधिकार दिएका छन् भन्ने समाचारमा पढ्न पाउँछौ । सोसल मिडिया, बैङकिङ कारोबार, मोबाइल सञ्चार, अनलाइन पेमेन्ट जस्ता सामान्य कुराले पनि हामीले जीवनशैली नै परिवर्तन भएको महसुस गर्दछौ । इन्टरनेट सँग जोडिएका कयौ नयाँ प्राविधिकहरू छन्, जसको प्रयोगबाट हामी अझै परिवर्तनकारी हुन सक्दछौ । नेपालमा इन्टरनेटको इतिहास १९९४ देखि सुरु भएको भनिएको छ । मर्कन्टाइल कम्युनिकेशनले पहिलो पटक नेपालमा इन्टरनेट भित्रयाएको थियो । त्यसपछि वर्ल्रडलिंक,भायानेट ,सुबिसु, लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले बोडन्याण्ड बिस्तरामा तिव्र रूपमा काम गरिरहेका छन्, र इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । बिश्व पाचौ पुस्ताको इन्टरनेटको प्रयोगमा अघि बढिसकेको छ डिजिटल रूपान्तरणले जीवन शैली परिवर्तन मात्र होइन कयौ देशमा आर्थिक र समृद्धि पनि कायापलट भएका छन् ।
पछिल्लो समयमा नेपालमा पनि प्राविधिको प्रयोग तिव्र रुपमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वर्ष २०७७ सम्मको तथ्याङ्क हेर्नहो भने ७२ प्रतिशत इन्टरनेटको प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसहरूले मोबाइल डेटा नै प्रयोग गरेर इन्टरनेट प्रयोग गरिरहेका छन् ।यसमा पनि १ करोड १५ लाखले थ्रीजी र लगभ ४५ लाखले फोरजीको प्रयोग गरिरहेका छन् । नेपाल सरकारले अबको नेपाललाई डिजिटल नेपालको सपना देखिरहेको बेलामा, क्वालिटी डेटा सर्भीस सँगै प्रत्येक नागरिकलाई डिजिटल सेवाको प्रयोगमा अभ्यस्त बनाउन आवश्यक छ। त्यस्तो गर्न सकेमा मात्र हामी आधुनिक विश्वमा एक विकासोन्मुख देश भनेर चिनिने छौ र डिजिटल नेपाल हुन सम्भव छ । जसरी गास, बास,कपासमा पहुचँ नभएमा हामी गरिवीको रेखामुनि पर्दछौ ,त्यसैगरी नै आजको आधुनिक जमानामा पनि इन्टरनेटको पहुँच बाट वञ्चित भयौँ भने हामी गरिवीको रेखामुनि पर्दछौ ।।।।।

Saturday, June 20, 2020

अनलाइन बाट पहिलो आम्दानी गरेको मेरो अनुभव !!!






अनलाइन बाट पहिलो आम्दानी गरेको मेरो अनुभव !!!

नमस्कार यहाँहरुलाई स्वागत छ मेरो बल्ग पोष्टमा । म अनलाइन मार्केटर बिनु महत । आज म मेरो अनलाइन बाट भयको पहिलो आम्दानीको बारेमा बल्ग लेख्न गरिरहेको छु । तपाईँहरूले आफ्नो महत्वपूर्ण समय दिइ मेरो बल्ग पुरा पढ्नुहुन्छ भन्ने पूर्ण आशा राखेको छु ।
म गत बर्ष देखि नै अनलाइन मार्केटिङ कोर्षहरु लिएर सिक्दै पनि छु र अनलाइन मार्केटिङ गरिरहेको छु । एफिलेट मार्केटिङ पनि गर्दै आइरहेको छु। म एक कम्पनीमा कार्यरत कर्मचारी पनि हु ।
म बिहान ९:३० देखि साँझ ५:३० सम्म अफिसको काममाव्यस्तहुन्छु । बाकि रहेको बिहान बेलुकाको समयमा पार्ट टाइमको रुपमा अनलाइन मार्केटिङ गर्दछु ।लकडाउन भए लगतै अनुज भाइ डटकमले ईलाइट भर्जनको फाइबर कोर्ष लन्च गरेको थियो । यस कम्पनीका फाउडर जितेन सरले मलाई यही कोर्षको एफिलेट मार्केटिङ गर्ने अवसर दिनुभयो ।
एफिलेट मार्केटिङ कसरी गर्ने भन्ने विषयमा मैले पहिले अनलाइन कोर्ष लियर सिकेको थिए त्यसैले मलाई एफिलेट मार्केटिङ गर्न सहज भयो ।मैले अनुज भाइ डट कम को डिजिटल प्रोडक्ट इलाइट भर्जनको फाइबर कोर्ष फेसबुक बाट प्रमोट गर्न थाले । दुई चोटि गरेर ८ दिन को प्रमोट गरे तर कोर्ष सेल्स भयन र केही निराश पनि बने तर पनि फेरि तेस्रो पटक प्रमोट गरे र यस पटकमा भने मैले ३ दिनमा ३ कोर्ष सेल्स गर्न सफल भए ।

अहिले पनि निरन्तर एफिलेट मार्केटिङ गर्दै आएको छु । प्रत्येक कोर्षको सेल्सबाट ६५% कमिसन मैले प्राप्त गरिरहेको छु । साथै सोसल मिडिया मार्केटिङ पनि गर्दै आएको छु । मैले पहिलो पटक सेल्स कमिसन पाउदा धेरै खुशी भएको थिए , किनकि त्यो मेरो अनलाइन क्षेत्रमा लागेपछि को पहिलो कमाइ थियो । जसको कारण यस क्षेत्रमा अगाडि बढ्न अझ प्रेरणा दिएको थियो । अनलाइनमा काम गर्न रुचि राख्ने हरुको लागि डिजिटल मार्केटिङ एफिलेट मार्केटिङ एउटा राम्रो प्लेटफर्म हो ।यदि तपाईँहरू पनि डिजिटल मार्केटिङकोबारेमा जानकारी लिन र सिक्न चाहनुहुन्छ भने मलाई फेसबुक मार्फत म्यासेज गर्न सक्नुहुन्छ । इमेल पनि गर्न सक्नुहुन्छ । 👉 https://www.facebook.com/binu.mahat.165
👉mahatbinu1997@gmail.com

Saturday, May 30, 2020

नेपालमा पनि डिजिटल प्रविधिको बढ्दो प्रयोग ।

नेपालमा पनि डिजिटल प्रविधिको बढ्दो प्रयोग ।



बिश्वमा फैलिरहेको महामारी कोरना भाइरसले गर्दा ।बिश्वभरिका अधिकांश राष्ट्रहरूले लक डाउन गरेका छन्, भने नेपालमा पनि २०७६ चैत ११ देखि लडाउन चलिरहेको छ। नेपालमा आजको दिन सम्म कोरना संक्रमित १४२० पुगिसकेको छ । दिन प्रतिदिन संक्रमित संख्या बढ्दै गएको छ भने ७ जनाको मृत्यु भइसकेको छ ।

सरकारको आजको मन्त्री परिषदको बैठकले आज फेरि जेठ ३२ सम्म लक डाउनको समय बढाएको छ ।
यस भाइरस बाट बच्न लकडाउनको पालना गरि सुरक्षित तरिकाले घरमा बस्न आवश्यक छ । यस समयमा हामी घरमै बसेर पनि इ-लर्निङको माध्यमबाट पनि धेरै नया कुरा सिक्न सकिन्छ । अनलाइन कक्षाहरू पनि लिन सकिन्छ ।
बिकसित देशहरूको लागि डिजिटल लर्निङ तथा अनलाइन शिक्षा कुनै नया कुरा थिएन तर हाम्रो देशमा भने धेरैलाई नया लागिरहेको छ । अनलाइन शिक्षा डिजिटल लर्निङ साँच्चीकै आजको दिनमा आवश्यक रहेछ भन्ने महसुस भएको छ । नेपालमा पनि लकडाउनको समयमा यस प्रविधिको बढ्दो प्रयोग भइरहेको छ ।

कोरना र लकडाउनको कारण नेपालमा पनि धेरै डिजिटल सेवाहरू प्रवर्दॄन भएका छन् । केही बिश्व बिद्यालय कलेज र बिद्यालय समेत अनलाइन लर्निङको थालनीगरेका छन् ।
प्रविधिको प्रयोग सँगै धेरै कुरामा परिवर्तन आएको हामीलाई थाहा हुदा हुदै पनि, हामी नया प्राविधिकहरूको प्रयोग,र उपयोग गर्न डराउँछौ ।जसले गर्दा हामी धेरै पछाडि परिरहेका छौ । आजको समयमा एक क्लिक को भरमा हामीले आफ्नै घरमा जति पनि आवश्यक पर्ने बस्तुहरु प्राप्त गर्न सक्छौ ।

तर पनि हामी यस प्रविधिको प्रयोग गर्न चाहान्नौ । मन परेको सामान वा सेवा लिन चाहयो भने आजको डिजिटल युगमा दुई चार क्लिक कै भरमा केही बेरमै केही दिनमै आफ्नो घरमा सामान आइपुगछ । त्यसैले हामीले इन्टरनेटको सही सदुपयोग गरि भरपूर फाइदा लिनुपर्छ ।

Thursday, May 28, 2020

किन प्रयोग गर्न जुम सफ्टवेयर ???

किन प्रयोग गर्न जुम सफ्टवेयर ???
जुम सफ्टवेयर बैठकहरू गर्नको लागि एक लोकप्रिय क्लाउड आधारित भिडियो कन्फरेन्सिङग एप्लिकेसन सफ्टवेयर हो ।
२०११ मा स्थापना भएको जुम सफ्टवेयर एक अमेरिकी सञ्चार टेक्लोनोजी कम्पनी हो । यसको मुख्य कार्यालय साने जोसे क्यालिफोर्नियामा रहेको छ । आज बिश्वभरिनै यसको सफ्टवेयरको प्रयोग भइरहेको छ ।यो सफ्टवेयर चलाउन सजिलो र केही निश्चित समयका लागि निःशुल्क भयको कारण पनि धेरैले यसको प्रयोग गरिरहेका छन् ।

हामी एक पटकमा ४० मिनेटको समय र १०० जना सम्म भिडियो कन्फरेन्सिङग गर्ने सकिन्छ । त्यो भन्दा बढी प्रयोग गर्नको लागि हामीले जुम लाई भुक्तानी गर्नुपर्ने हुन्छ ।भर्जुल कोठा बनाई बिभिन्न संघ संस्थाहरु कम्पनीहरूले आफ्नो दैनिक हडल मिटिङ, तालिम दिन लिन यसको बढी प्रयोग गरिन्छ ।
कोरना भाइरसको कारण बिश्वमा बिभिन्न कम्पनीहरूले मिटिङको लागि जुमको प्रयोग गरिरहेका छन् । नेपालमा पनि यो एप्लिकेसन तथा सफ्टवेयरको प्रयोग अत्यधिक रूपमा भइरहेको छ।

बिभिन्न बिद्यालय तथा बिश्व बिद्यालय पनि यस सफ्टवेयरको प्रयोग गरी अनलाइनबाट नै कलास सञ्चालन गरिरहेका छन् ।
म पनि यस जुमको माध्यमबाट दैनिक हडलमा सहभागी हुन्छु । ट्रेडिङ पनि जुम सफ्टवेयरको माध्यमबाट लिइरहेको छु ।
तपाईँहरू पनि यस लकडाउनको समयमा आफ्नो ब्यवसाय जुम सफ्टवेयरको भरपूर उपयोग गरि आफ्नो कम्पनीका सहकर्मिहरु र देश बिदेशमा भयका ग्राहकहरू सँग नजिक हुदै आफ्नो ब्यवसाय लाई अगाडि बनाउनुहोस् ।





Wednesday, May 20, 2020

ई-लर्निङ बाध्यता होइन आजको आवश्यकता हो ।

ई-लर्निङ बाध्यता होइन आजको आवश्यकता हो






ई-लर्निङ बाध्यता होइन आजको आवश्यकता हो । ई-लर्निङ शब्दको पहिलो प्रयोग सन् १९९९ को अक्टोबरमा अमेरिकाको लस एन्जलसमा भयको सिबिटी (computer based training ) सिस्टम्स सेमिनारको दौरानमा भयको थियो । ई-लर्निङ मुख्य दुई प्रकारका रहेका छन् ।

(सिङ्क्रोनोमस ई-लर्निङ र असिङ्क्रोनोमस ई-लर्निङ )
भिडियो कन्फेरेन्सिङ सफ्टवेयरको प्रयोग गरी भर्जुअल कक्षाकोठा अर्थात् रियल अनलाइन बनाई एक आपसमा शिक्षक र विद्यार्थी बिच एक आपसमा अन्तरक्रिया गरी म्यासेजिङ च्याट अडियो भिडियो को माध्यमबाट सिक्नुलाई सिङ्क्रोनोमस ई-लर्निङ भनिन्छ,

भने ई-बुक पिडियफ फाइल ,भिडियो रेकर्ड सिकाई र वेबसाइटमा राखिएको सामग्रीहरू जुन आफ्नो समय अनुकूल आफ्नै गतिअनुसार अध्ययन गर्ने सिकाइको अभ्यासलाई असिङ्क्रोनोमस ई-लर्निङ भनिन्छ ।
आजको २१औ शताब्दी बिकास र प्रविधिको युगमा बिश्वका धेरै राष्ट्रहरुले ई-लर्निङ को भरपूर उपयोग गरेका छन् र समय र पैसा को बचत भएको छ ।
हाम्रो देश नेपालमा भने ई-लर्निङ नयाँ नै छ। अहिलेको समयमा कोरना र लकडाउनको कारणले गर्दा धेरैलाई डिजिटल सेवा र ई-लर्निङ अध्ययन गर्न बाध्य बनाएको छ ।
लकडाउनको बेलामा बिभिन्न बिद्यालय देखि बिश्व बिद्यालय हरुले बिद्यर्थीहरुलाई अनलाइनको माध्यमबाट पढाइरहेका छन् । हामीले यस ई-लर्निङ नया प्रविधिलाई बाध्यता होइन एउटा सुनौलो अवसर र आवश्यकता को रुपमा लिनुपर्दछ । प्रम्मपरागत शिक्षा प्रणाली भन्दा, ई -लर्निङ धेरै फाइदामुलक छ । हामीले बिश्वका जुनसुकै कुनामा बसेर पनि ई-लर्निङ बाट शिक्षा लिन सकिन्छ । जसले गर्दा कुनै पनि सम्बन्धित ठाउँमा गयर अध्ययन गर्ने बाध्यता हुदैन रे परम्परागत शिक्षा प्रणाली भन्दा एकदम कम खर्चिलो हुने भएकोले समय र पैसा दुवैको बचत हुन्छ ।
त्यसैले आजको डिजिटल युगमा ई-लर्निङ बाट घरमै बसेर अध्ययन गरी आजको समयसँगै आफुलाई अपडेट राख्नुहोस् ।
म पनि गत बर्ष देखि ई-लर्निङकै माध्यमबाट अनलाइन मार्केटिङ तालिमको अध्ययन गर्दै सिक्दैछु र अनलाइन मार्केटिङ गर्दै आएको छु । यदि तपाईँहरू पनि अनलाइन मार्केटिङ सम्बन्धित जानकारी कोर्षहरू लिन सिक्न चाहनुहुन्छ भने मलाई फेसबुक मार्फत मेसेज गर्ने सक्नुहुन्छ भने इमेल पनि गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/binu.mahat.165
email: mahatbinu1997@gmail.com

Saturday, May 16, 2020

मेरो बाल्यकाल !!

आजभन्दा करिब १७ बर्ष पहिल्यै को मेरो बाल्यकाल को तस्बिर ।






मेरो बाल्यकाल !! बिनु बलगमा यहाँहरूलाई सबैलाई स्वागत साथै नमस्कार छ ।
आज म मेरो बाल्यकालको आफुले सम्झेको ति रमाइलो पलहरू बलग मार्फत लेख्न गइरहेको छु । मेरो यस बलग पढनुहुने छ भन्ने, पुर्ण आसा गरेको छु ।
मेरो जन्म २०५४ बैशाख महिना २८ गते बनेथोक-३ स्याङ्जामा भएको थियो । म ४ बर्षको उमेर भएपछि हाम्रो घरबाट स्कुल टाढा भयो कारण मलाई पढ्नको लागि बाबा ,ममीले मलाई मामाघर पठाउनुभएको थियो । म सिसु कक्षामा भर्ना भएर मामाघरमा बसेर पढ्न थाले । मामाघरमा हुदा म मामाघरको आमा, मामाहरु ,सानिआमा सबैको प्यारो थिए । सबैले मलाई धेरै माया गर्नुहुन्थ्यो ।

मलाई अझै पनि स्मरण छ , कान्छो मामाले खुबै मेहनत गरेर मलाई पढ्न लेख्न सिकाउनु हुन्थ्यो ।तर पनि त्यति बेला मलाई पनि सिक्न गाह्रो हुन्थ्यो । मामालाई पनि सिकाउन निकै गाह्रो हुन्थ्यो, तरपनि मामाले रातदिन घरको काम धन्दा छोडेर भएपनि मलाई पढाउने गर्नु हुन्थ्यो । जसको कारण आज म यहाँसम्म आइपुगेको छु । यदि मामाले त्यति मेहनत गरेर मलाई पढाउने कोसिस नगर्नु भयको भय मैले आज यो बलग लेख्न सक्दिनथे होला ।
म सिसु कक्षा देखि कक्षा ४ सम्म मामाघरमा बसेर पढे ।त्यस ५ बर्षको समय सबैको प्यारो भयर बसे । त्यस बीचको समयमा घर जानि भन्दा पनि घर आउन मन लाग्दैनथ्यो । किनकि मैले आफ्नो बाबा मामीलेको जस्तै माया पायको थिए । मामाघरमा हुदा सँगै पढ्ने र एकदमै मिल्ने साथी सुसिल र सागर थिए ।
यता घरमा बुढी हुदै जानुभएको हजुआमा र बाबा प्रदेश, घरको काम धन्दा मेलापातमा ममी ब्यस्त हुने भएकोले । मामाघरमा बसेर पढ्ने रहर हुदा हुदै पनि कक्षा ४ पास भएपछि आफ्नो घर कुसुन्दे आए र मेथाभुरुङ स्कुलमा ५ कक्षा भर्ना भएर पढ्न थाले । हजुरआमाले मलाई धेरै माया गर्नुहुन्थ्यो ।स्कुल जाँदा सधै खाजा खाने पैसा दिनुहुन्थ्यो । कसैले आफूलाई केही खानेकुरा दियो भने पनि आफुले नखाईकिन मलाई दिनुनुहुन्थ्यो ।आफ्नो बृद्ध भत्ता आउदा छुट्टै पैसा मेरो लागि छुट्टाऊनु हुनथ्यो र मलाई भन्नु हुन्थ्यो बाबु तेरो बिबाह मा मलाई एउटा सारी ल्याइदे है । आज उहाँ यो संसारमा हुनुहुन्न , सम्झिदा आज पनि आखाँ बाट आसु झर्छ ।

यसरी नै सबै को प्यारो हुदै दिनहरू बित्दै गयो । गाउँमा साथीहरु धेरै थिए । साथीहरूसँग खेल्ने रमाउने गरिन्थ्यो । घरमा आफूले सक्ने काम आफुलाई मन लागेको बेलामा गर्ने गर्थे। स्कुल जाने बाटो जङ्गल भयकोले सबै साथीहरु सबै भेला भई सँगै स्कुल जाने र सँगै घरमा फर्किन्थ्यौ । स्कुल जाँदा आफुले भने जति पैसा नदिए रिसाउने , रोईदियो भने ममीले आफ्नो पटुकीको टुप्पोमा बाधेर राखेको पैसा नबोली नबोली झिक्यर दिनुहुन्थ्यो ।
पैसा पायपछि खुसी भयर स्कुल गइनथ्यो , आफुलाई जे-जे मन लाग्छ त्यही किनेर साथीहरु सँग मिलेर खाइन्थ्यो । कहिले काही साथीहरू सबै मिलेर आ-आफ्नो घरबाट सर सामान ल्याएर खाजा तरकारी बनायर वरा खान्थ्यौ भनि गाग्री, जर्किन बजाएर ,गित गायर नाचेर रमाइलो पनि गर्ने गरिन्थ्यो । कति रमाइलो गरेर ति दिनहरू बित्ने गर्दथ्यो ।

कहिले काही सोच्ने गर्छु ती दिनहरू फेरि आउने भय कति रमाइलो हुन्थ्यो होला भनेर ।यसरी नै रमाइलो गरेर सबैको प्यारो भयर मेरो बाल्यकाल बितेको थियो

आफ्नो अमूल्य समय दिएर मेरो बाल्यकालको बारेमा लेखेको बलग पढ्दिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद ।
अहिले केही महिनाअघि देखि पार्ट टाइम अनलाईन मार्केटिङ्ग गरदै आएको छु । यदि तपाईहरु पनि अनलाइन मार्केटिङ्ग क्षेत्रमा पार्ट टाइम फुल टाइम लाग्न चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ भने इमेल पनि गर्न सक्नुहुनछ ।

https://www.facebook.com/binu.mahat.165
email:  mahatbinu1997@gmail.com



Sunday, April 26, 2020

लकडाउनको समयलाई केही नयाँ कुराहरू सिक्ने अवसरको रुपमा लिनुहोस् ।




बिश्व यतिबेला कोरोना भाइरसको कारण महामारी बाट गुज्रिरहेको छ । कोरना भाइरसको कारण बिभिन्न देशहरूले लकडाउन गरेका छन् भने हाम्रो देश नेपाल मा पनि २०७६ चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ ।

हामीले यस लकडाउनको समयलाई केही नयाँ कुराहरू सिक्नको लागि अवसरको रुपमा लिनुपर्छ । यस फुर्सदको समयमा नयाँ ज्ञान सिप सिकेर पछि भविष्यमा पनि लकडाउन को समयमा यो ज्ञान सिप सिकेको थिए भन्ने सम्झन लायककाे लकडाउन बनाउनुहोस् । लिभिङ विथ आइसिटीका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ११ लाख ७ हजार ५ सय ९० रहेको बताएको छ । भने यस लकडाउनको समयमा इन्टरनेटमा समय बिताउनेको संख्या निकै बढेको बिभिन्न समाचार न्यूजहरुले बताएका छन् । अति आवश्यक सेवा बाहेक देश भरीका कलकारखानाहरु सबै बन्द छन, जसको कारण धेरैलाई आर्थिक क्षेति भयको छ भने ई-कमर्स र अनलाईन मार्केटरहरु भने कुनै असर परेको छैन । र थाहा भयको छ कि यतिबेला डिजिटल मार्केटिङ्ग को महत्व के हाे भनेर ?
यस समयमा धेरै नयाँ कुराहरू अनलाईन को माध्यमबाट सिक्न सकिन्छ ।अहिलेको डिजिटल युगमा हामीले घरमै बसेर इन्टरनेट र ल्यापटपकोप्रयोग गरि लाइभ अनलाईन क्लास लिन सकिन्छ । अहिले लकडाउन को समयमा धेरै भन्दा धेरै समय मानिसहरू इन्टरनेटमा बिताइरहेका छन् । सबै भन्दा बढी प्रयोग हुने अनलाईन सामाग्री युटयुबहो भने त्यसपछि लगातार फेसबुक, इन्स्टाग्राम, टिकटक ,टि्वटर आदि हुन। यी सोसल मिडियाहरूबाट सहि सदुपयोग गरि फाइदा लागिरहेका छन् भने धेरैले चाहिँ लकडाउन को समय टाइम पासकाे लागि प्रयोग गरिरहेका छन् ।

यो समय भनेको हामीले सोसल मिडियाहरू को कसरी सहि सदुपयोग गर्न सकिन्छ भने कुरा सिक्नको लागि समय मिलेको छ । त्यसको लागि यो डिजिटल युगमा डिजिटल मार्केटिङ्ग , सोसल मिडिया मार्केटिङ सिक्न आवश्यक छ ।

यो समयमा अनलाईन मार्केटिङ्ग सिक्नुभयो भने पछि गएर तपाई आफ्नै घरबाट स्वतन्त्र तरिकाले आफुले चाहेको समयमा अनलाईन मार्केटिङ्ग गर्न सक्नुहुनछ भने, जागिर को सिलसिलामा हुनुहुन्छ भने पनि बिहान बेलुकाको समयमा पार्ट टाइम अनलाईन मार्केटिङ्ग गर्न सकिन्छ ।आफ्नो ब्यवसाय छ भने आफ्नो सेवालाई अनलाईन को माध्यमबाट अगाडि बढाउन सक्छौ ।
लकडाउन को मध्यनजर गरेर इलाइट भर्जनको फाईबर कोर्ष एकदमै कम मूल्यमा जम्मा (२५००) मा तपाईहरुको सामु हामीले लिएर आएका छौ। यदि तपाईहरु यो कोर्ष लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ भने इमेल पनि गर्न सक्नुहुनछ ।

https://www.facebook.com/binu.mahat.165
mahatbinu1997@gmail.com
साथै तलको लिन्कमार्फत पनि कोर्षको बारेमा जानकारी लिन सक्नुहुन्छ ।.......
 👉Book Here : www.bitly.com/anujelite




Friday, April 17, 2020

अनलाईनमा बसेर काम गर्न चाहनेहरूलाई फाईबर एकदमै राम्रो अवसर हो।

अनलाईनमा बसेर काम गर्न चाहनेहरूलाई फाईबर   एकदमै  राम्रो अवसर  हो। 



हामीले आफ्नै घरमा बसेर इन्टरनेटको माध्यमबाट स्वतन्त्र तरिकाले आफुले जानेको स्किलको प्रयोग गरि काम गर्ने सकिने प्लेटफर्म फाईबरमा उपलब्ध छ।
फाईबर कम्पनीको स्थापना 2010 मा भयको हो भने यस कम्पनीका संस्थापक मिका काउफम्यान हुन। यो कम्पनीको मुख्य अफिस इजरायलमा रहेको छ । फाईबर डिजिटल प्रोडक्टहरुको डिजिटल बजार क्षेत्र हो। जहाँ बिश्वका डिजिटल प्रोडक्टहरू को किन ,बेच गर्ने सकिन्छ । आजको एकाईसौ शताब्दीमा कुनै पनि क्षेत्रमा काम गर्नको लागी आफैंमा एउटा राम्रो स्किल हुन आवश्यक छ ।त्यसैले हामी सबै भन्दा पहिला आफु कुनै न कुनै काममा राम्रो स्किल हुन आवश्यक छ ।

डिजिटल युगमा हामीले घरमै बसेर पनि धेरै कुराहरु सिक्न सकिन्छ । अहिलेको समयमा भिडियो ईडिटिङ्ग, ग्राफिक्स फोटोसफ, वेबसाइट डिजाइन, को एकदमै बढी मार्केट छ। मुख्य गरी यी तीन वटा अहिलेको बिश्व बजारमा धेरै डिमान्ड छ भने यो कामबाट आम्दानी पनि राम्रो हुन्छ ।

यो कामहरू घरबाटै अनलाईन कोर्षहरु किनेर सिक्न सकिन्छ, त्यो पनि मार्केट मुल्य भन्दा एकदमै सस्तो मूल्यमा अनलाईन कोर्ष लिन सकिन्छ । कोर्षहरू स्टेप बाई स्टेप रेकर्डिङ भिडियोहरु हुने भएकाले राम्रो सँग पटक पटक हेरेर सिक्न सक्छौ । कामहरू जानिसकेपछि ,स्किल सिकिसकेपछि फाईबरमा आफ्नो एकाउन्ट बनायर आफ्नो स्किल, सीपलाई बिश्व बजारमा बिक्री गर्न सकिन्छ । नेपालमा पनि धेरै दाजुभाइहरू, दिदीहरूले फाईबर मा काम गरेर राम्रो आयस्रोत को माध्यम बनाउन सफल हुनुभएको छ । धेरैले फाईबरमा काम गरिरहेका छन् भने हामी पनि स्किल सिकिसकेपछि काम गरेर पकैपनि यसलाई आयस्रोतको बाटो बनाउन सकिन्छ । फाईबरमा काम गर्नको लागि सबै भन्दा पहिला सिप सिक्न जरुरी छ ।

नयाँ बर्ष २०७७ को अवसरमा अनुज भाई डट कम मार्फत हामीले ईलाइट भर्जनको फाईबर कोर्ष लियर आयका छौ । यस कोर्ष मा तपाईहरुले फाईबरमा कसरी एकाउन्ट बनाउने, कसरी स्किल सिक्ने, कसरी काम गर्ने ,कसरि आम्दानी गर्न सकिन्छ भन्नी बिषयमा स्टेप बाई स्टेप तालिम लिन सक्नुहुनेछ ।

यस कोर्ष सँगै भिडियो ईडिटिङ्ग, ग्राफिक्स फोटोसफ, वेब डिजाइन, तिन ओटै कोर्षहरू फ्री मा पाउनुहुनेछ । यदि तपाईहरु सँग कुनै स्किल छैन भने पनि यस कोर्षहरू स्किल सिकेर फाईबरमा काम गर्न सक्नुहुन्छ ।
यदि तपाईहरु पनि स्वतन्त्र भएर घरमै बसेर अनलाईन को माध्यमबाट फाईबरमा काम गरि राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने, यो कोर्ष तपाईहरुको लागि लाभदायि, उपयोगी हुनेछ। ईलाइट भर्जनको फाईबर कोर्ष लिन चाहनुहुन्छ र यसको बारेमा धेरै जानकारी लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ भने इमेल पनि गर्न सक्नुहुनछ ।


https://www.facebook.com/binu.mahat.165
mahatbinu1997@gmail.com



Thursday, April 9, 2020

लकडाउनको समयलाई कसरी सहि सदुपयोग गर्नि !!!

नमस्ते स्वागत छ मेरो बलगपोष्टमा आज म लकडाउन को सहि स
दुपयोग कसरी गर्ने भन्ने विषयमा बलग लेख्न गइरहेको छु ।

🙏🙏🙏 नमस्ते स्वागत छ मेरो बलगपोष्टमा आज म लकडाउन को सहि सदुपयोग कसरी गर्ने भन्ने विषयमा बलग लेख्न गइरहेको छु ।

नोबेल कोरना (Covid-19)भाइरसको कारण बिश्वमा नै त्रास उत्पन्न भएको छ । यस भाइरसको कारण हजारौ मानिसको मृत्यु भएको छ भने लाखौ संख्यामा संक्रमीत भयका छन । आजसम्म यस भाइरसको कुनै औषधि पत्ता लागेको छैन । यसबाट बच्नको लागि बिश्वका धेरै राष्ट्रहरूले आफ्नो देशलाई लकडाउनको घोषणा गरेका छन् । नेपाल सरकारले पनि लकडाउन गरेको छ ।

यस भाइरसबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको नै लकडाउन हो । सबै जना आफ्नो आफ्नो घरमा सुरक्षित भयर बस्नु हो। भाइरस संक्रमीत भयकालाई आईसोलेसनमा राखि उपचार गरि भाइरस फैलन नदिनु हो ।यस्तो अवस्थामा लकडाउनको पालना गरी सरकारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । घरमै सुरक्षित भयर बसेर लकडाउनको पालना गरी सभ्य नागरिकको परिचय दिनु हाम्रो कर्तव्य हो । आज हामी सम्पूर्ण लकडाउनमा आफ्नो आफ्नो घरमा सुरक्षित भएर बसेका छौ । अहिलेको समयमा स्मार्ट फोन, ल्यापटप , इन्टरनेट नहुने व्यक्तिहरु कमै मात्रमा छन् । यो समयमा केही नयाँ कुराहरू सिक्नको लागि प्रशस्त समय मिलेको छ भने यस समयलाई हामीहरुले सहि सदुपयोग गर्न सक्नुपर्छ । हामीले जीवनमा काम लाग्ने धेरै कुराहरु सिक्न सक्छौ , जसले गर्दा लकडाउन हाम्रो लागि एउटा गतिलो अवसर पनि बन्न सक्छ ।
यस लकडाउनको समयमा हामीले बिहानदेखि बेलुकीसम्म फेसबुक , टुईटर, भाईबर,युटुब आदि सोसल मिडियाहरु चलायर समय बितायका छौ। यो होइन कि केही नचलाउने भन्न खोजेको कदापि होइन । यस फुर्सदको समयमा केही समय आफ्नो स्किल बढाउनको लागि केही नयाँ कुरा सिक्नको लागि पनि समय उपलब्ध गराउनुहोस् । यो समयमा हामीले ज्ञान प्राप्त गर्न किताबहरू पढ्न सक्छौ। युटुब मा सिपमुलक भिडियोहरु हेर्न सकिन्छ । आफ्नो बारेमा वा आफ्नो ब्यवसाय को बारेमा बलग लेख्न सकिन्छ ।

👇👇तपाईंको आफ्नो ब्यवसाय छ भने आफ्नो ब्यवसाय लाई अनलाईनको माध्यमबाट कसरी अगाडि बढाउन सकिन्छ भनेर, अनलाईन मार्केटिङ्ग सम्बन्धी कोर्ष किनेर टेक्निक सिकेर आफ्नो ब्यवसायलाई अगाडि बढाउन सक्नुहुनछ ।

अनलाईन कोर्ष लियर फोटोसफ ,भिडियो ईडिटिङ्ग ,वेबसाइट डिजाइन सिक्न सकिन्छ जसले गर्दा तपाईंको आफ्नो स्किल बढाउन सक्नुहुनेछ । आफुले सिकेको सीपलाई जिन्दगीभरि नै प्रयोग गरेर राम्रो आयस्रोत को माध्यम बनाउन सक्नुहुनछ ।👈👈👈
लकडाउनको कारण बिश्वका धेरै बिजनेसहरु धरापमा परेका छन ,तर अनलाईन मार्केटर, अनलाईन ईनटरपेनरहरु लाई भने कुनै असर परेको छैन । किनकी यस समयमा पनि आफ्ना अनलाईन कोर्षहरू घरमै बसेर बिश्व बजारमा बिक्री गरिरहेका छन् । त्यसैले आजको युग भनेको डिजिटल युग हो, त्यसैले डिजिटल मार्केटिङ्ग मेरो सुझावमा सबैभन्दा राम्रो पल्याटफर्म हो ।

डिजिटल मार्केटिङ्ग सकेपछि तपाईले इन्टरनेट, ल्यापटप, स्मार्ट फोन र आफ्नो स्किलको भरमा बिश्व बजारमा आफ्नो प्रोडक्ट वा अरु कसैको प्रोडक्ट लाई सोसल मिडियाहरू को प्रयोग गरेर बिक्री गर्न सक्नुहुनछ । राम्रो आम्दानी गर्न सकिन्छ ।

✋✋✋ यस लकडाउनको समयमा कुनै न कुनै सिपमुलक स्किल सिकेर आफ्नो स्किल बढाउन सक्नुहुनेछ । यदि अनलाईन मार्केटिङ्ग सम्बन्धी कोर्षहरू सिक्न चाहनुहुन्छ र यसको बारेमा धेरै जानकारी लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ र ईमेल पनि गर्न सक्नुहुनछ ।👈👈👈

https://www.facebook.com/binu.mahat.165
mahatbinu1997@gmail.com
STAY SAFE STAY HOME

Tuesday, March 17, 2020

सोसल मिडिया मार्केटिङ भनेको के हो ?


इन्टरनेट को माध्यमबाट सोसल मिडिया फेसबुक,इन्स्टाग्राम,युटुब, वाटसप,टुईटर, भाईबर,लिङकेडिन,लगायतका अन्य सोसल मिडिया को प्रयोग गरि कुनै पनि कम्पनीको प्रोडक्ट वा सेवालाई प्रमोट गरि मार्केटिङ गर्नुलाई सोसल मिडिया मार्केटिङ भनिन्छ ।
सरल भाषामा भन्नुपर्दा सोसल मिडियाहरू को प्रयोग गरेर गरिने मार्केटिङलाई सोसल मिडिया मार्केटिङ भनिन्छ ।
अबको युग भनेको डिजिटल युग हो । समय परिवर्तन संगै बिश्व डिजिटल प्रविधिसँगै अघि बढाइरहेको छ । हामीहरु समय अनुसार अगाडि बढ्न सकेमा मात्र सफल भइन्छ ।हामीले दैनिक प्रयोग गर्ने नुन देखि सुन सम्म घरमै बसेर अनलाईन को माध्यमबाट किन्न सकिन्छ भने आफू सँग भएको कुनै आफुले उत्पादन गरेको प्रोडक्ट लाई घरबाट नै बिक्री गर्न सकिन्छ ।

बिश्वमा धेरै प्रतिशत मानिसहरू सोसल मिडिया को प्रयोग गर्छन् । र मानिसहरु सबै भन्दा बढी समय सोसल मिडियामा बिताइरहेका हुन्छन् । यदि सोसल मिडिया को प्रयोग गरेनौ भने धेरै कुराहरु जानकारी थाहा पाउनबाट हामी सबै पछाडि पारिन्छ ।त्यसैस कारण पनि सोसल मिडिया प्रयोग गर्नु एकदम महत्वपूर्ण छ ।
मानिसहरू सोसल मिडिया को प्रयोग गरि आफ्नो ब्यवसाय लाई तिव्र रुपमा अगाडि बढाईरहेका छन भने केही मानिसहरु अरूको ब्रान्डलाई प्रमोसन गरि मार्केटिङ गरेर राम्रो आम्दानी गरिरहेका छन् । सोसल मिडियाबाट प्रमोट गर्न व्राण्ड बनाउन सबै सामु पुग्न सकि राम्रो आम्दानी गर्न सकिने भएकाले सोसल मिडिया धेरै नै उपयोगी रहेको छ
तपाई पनि आफ्नो कम्पनी को प्रोडक्ट र सेवा लाई आफुले चाहेको मानिसहरु माझ र निश्चित लोकेसन कच लागि मात्र पनि बिज्ञापन गर्न सक्नुहुनछ । त्यसैले डिजिटल युगमा सोसल मिडिया को प्रयोग एकदमै आवश्यक छ । यदि तपाईहरु पनि अनलाइन मार्केटिङ सोसल मिडिया मार्केटिङ गर्न चाहनुहुन्छ । यस बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्कको लागि फेसबुक ईनबकस मा मेसेज सक्नुहुनछ भने इमेल पनि गर्न सक्नुहुनछ ।
https://www.facebook.com/binu.mahat.165  email: lulunepal2020@gmail.com

Wednesday, March 4, 2020

एफिलेट मार्केटिङ्ग भनेको के हो? यसबाट कसरी आम्दानी गर्न सकिन्छ?

एफिलेट मार्केटिङ्ग भनेको के हो? यसबाट कसरी आम्दानी गर्न सकिन्छ?
डिजिटल युग को प्रख्यात नाम एफिलेट मार्केटिङ्ग हो।
कुनै पनि कम्पनी को एफिलेट मेम्बर बनि त्यस कम्पनी हो फिजिकल तथा डिजिटल प्रोडक्ट लाई अनलाईन को माध्यमबाट बिक्री गर्नु लाई एफिलेट मार्केटिङ्ग भनिन्छ ।
एमोजन ,फिलिपकार्ड ,किलिक बैंक जस्तै अन्य ई कमर्स वेबसाइटको एफिलेट मार्केटिङ्गको मेम्बर बन्न सक्नुहुन्छ । कम्पनीको कुनै पनिको सामानको आफ्नो कन्टयाक मार्फत लिङक बनाउन सकिन्छ । आफ्नो लिङक बाट प्रोडक्ट को बिक्री गर्न सक्नुहुनछ, जसले गर्दा कम्पनीलाई पनि फाइदा हुन्छ र तपाई लाई पनि फाइदा हुन्छ ।

मानौ एमोजन मा हजारौ लाखौ प्रोडक्टहरु पाउनुहुनेछ जसमध्ये कुनै पनि प्रोडक्ट लाई आफुले रोजेर त्यसलाई फेसबुक अथवा अन्य सोसल मिडिया को प्रयोग गरेर आफ्नो साथीभाईहरू आफन्त हरुलाई सेयर गरेर अथवा नेपाल भरी नै फेसबुक बाट प्रमोट गरेर प्रोडक्ट लाई बिक्री गर्न सक्नुहुनछ । प्रत्येक प्रोडक्ट को केही प्रतिशत कमिसन तपाईँलाई कम्पनीले दिने गर्दछ । राम्रो आम्दानी गर्न सकिन्छ ।

फिजिकल प्रोडक्ट को भन्दा डिजिटल प्रोडक्ट को एफिलेट मार्केटिङ्ग गर्दा धेरै कमीसन पाउन सकिन्छ । फिजिकल प्रोडक्ट बिक्री गर्दा एक देखि पाँच प्रतिशत पाउन सकिन्छ भनि डिजिटल प्रोडक्ट को बिक्री गर्दा पाँच प्रतिशत देखि चालिस प्रतिशत सम्म कमिसन पाउन सकिन्छ । एफिलेट मार्केटिङ्ग गर्न कुनै लगानी आवश्यक पर्दैन ।किनकि कुनै पनि कम्पनी को सामन अनलाईन को माध्यमबाट बिक्री गर्ने हो । यसको लागि कसरी एफिलेट मार्केटिङ्ग गर्न सकिन्छ भन्नी बिषयमा जान्न को लागि अनलाईन कोर्ष भने अवश्य लिनु पर्ने हुन्छ । तपाई फेसबुक ,युटुब अथवा अन्य सोसल मिडियामा दिन मा घन्टौ समय बिताउनुभएको हुन्छ । त्यही समयलाई सहि सदुपयोग गरि एफिलेट मार्केटिङ्ग गरेर घरमै बसेर धेरै राम्रो पैसा कमाउन सक्नुहुनछ ।
अहिले म पनि अनुज भाई डट कम को एफिलेट मेम्बर भयर डिजिटल प्रोडक्ट अनलाईन कोर्षहरू को फेसबुक को माध्यमबाट बिक्री गरदै आइरहेको छु।जसबाट दश प्रतिशत देखि पैतिस प्रतिशत सम्म कमिसन मैले प्राप्त गरेको छु। यदि तपाईँहरू पनि एफिलेट मार्केटिङ्ग को बारेमा थप जानकारी र अनलाईन तालिम लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ । https://www.facebook.com/binu.mahat.165

Tuesday, February 25, 2020

फेसबुक को सदुपयोग कसरी गर्ने ?



फेसबुक को सदुपयोग कसरी गर्ने ?

फेसबुक सोसल मिडिया को एउटा एप हो । फेसबुक को माध्यमबाट हामीले धेरै कुराहरु जानकारी प्राप्त गर्छौ ।आफ्नो कुराहरु अरूलाई सेयर, आफ्नो जीवन मा फाइदा पुर्‍याउने जानकारी पनि फेसबुकमा पढ्न भिडियो हेर्न सकिन्छ ।


देश बिदेश मा भयका साथीभाईहरू आफन्त सँग कुराकानी गर्न सकिन्छ जसले गर्दा हामी लाई धेरै नै सजिलो भएको छ । आज सम्म हामी ले फेसबुक को प्रयोग यति कुरा लागि मात्र गरिरहेका छौ ।

हामीले कुनै ब्यवसाय गर्दछाै भनि फेसबुक को प्रयोग गरेर हामीले आफ्नो ब्यवसाय लाई अगाडि बढाउन सक्छौ । नेपाल मा पनि करोडौ मानिसहरू ले फेसबुक को प्रयोग गरिरहेका छन् । जसमध्ये केही प्रतिशत मानिसले मात्र फेसबुक बाट लाभ लिइरहेका छन् भने धेरैले यसको सदुपयोग गर्न नसक्दा आफ्नो समय खेर गएको छ ।

फेसबुकको प्रयोग गरेर अरूलाई गाली बेज्यति गर्ने अरुको आत्मसम्मान मा असर पर्ने कुरा पोष्ट गर्ने गरेको पनि पाइन्छ । जसले गर्दा साइबर अपराध गरेको केसमा सजाय भोगिरहेका हुन्छ । जसले समाज मा नराम्रो असर परेको हुन्छ ।

हाम्रो सोच भनेको जहिले पनि फेसबुक को सहि सदुपयोग गरि यसबाट कसरी फाइदा लिन सकिन्छ र यसलाई आफ्नो आर्थिक आम्दानी गर्न सकिन्छ भन्नी हुनुपर्छ ।आज को दिन मा पनि करोडौ मानिसहरू फेसबुक को प्रयोग गरिरहेका छन् जस मध्ये केही केही मानिसहरु भने फेसबुक लाई राम्रो आयस्रोत को माध्यम बनाएर आफ्नो जीवनशैली नै परिवर्तन गर्ने सफल भएका छन् ।


यदि तपाईहरु कुनै बिजिनेस गर्नु हुन्छ आफ्नो ब्यवसाय लाई अगाडि बढाउन चाहनुहुन्छ भने फेसबुक पेज बनाउन सक्नुहुनछ ।त्यसबाट आफ्नो ब्यवसाय र सेवा को बारेमा सबै जानकारी अपडेट पोष्ट गर्ने सक्नु हुन्छ ।आफ्नो ब्यवसाय र सेवाको बारेमा फेसबुक को प्रयोग गरि बिश्व बजारमा पुर्‍याउन सकिन्छ ।जसले गर्दा तपाईंको ब्यवसाय बारेमा धेरै मानिसहरू लाई जानकारी हुन्छ । तपाईंको धेरैले सेवा लिइरहेका हुन्छन् । राम्रो आम्दानी गर्न सकिन्छ र आफ्नो ब्यवसाय लाई अगाडि बढाउन सक्छौ ।

यदि तपाईहरु पनि फेसबुकमा मार्केटिङ्ग सम्बन्धी थप जानकारी तालिम लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ ।
https://www.facebook.com/binu.mahat.165

Tuesday, February 11, 2020

अनलाईन मार्केटिङ्ग भनेको के हो ?




आज म अनलाईन मार्केटिङ्ग भनेको के हो? भन्ने विषयमा ब्लग लेख्न गइरहेको छु ।आशा छ आजको मेरो बलग बाट अनलाईन मार्केटिङ्ग सम्बन्धी धेरै जानकारी थाहा पाउनुहुनेछ ।
सामान्य भाषामा भन्ने हो भने इलेक्ट्रिक डिभाइस ल्यापटप र इन्टरनेट को माध्यमबाट डिजिटल तथा फिजिकल प्रोडक्ट को सोसल मिडिया को प्रयोग गरेर संसार भरि प्रमोट गरि बिक्री गर्नु लाई नै अनलाईन मार्केटिङ्ग भनिन्छ ।

आज को एकाईसौ शताब्दीमा बिश्व को आधा भन्दा बढी जनसंख्या ईनटनेट को प्रयोग गरिरहेका छन् । लाखौ मानिसहरू अनलाईन मार्केटिङ्ग गरेर यसलाई राम्रो आयस्रोत बनाउन भयका छन ।
आफ्नो जीवनशैली नै परिवर्तन गर्ने सफल भएका छन् ।नेपाल मा भने अनलाईन मार्केटिङ्ग को बारेमा धेरैलाई राम्रो जानकारी नै छैन ।

आज को दिन मा हाम्रो देश नेपाल मा पनि करोडौ ले इन्टरनेट को प्रयोग गरिरहेका छौ ,तर यसको सही सदुपयोग गर्न भनी सकेको छैनौ।हामीले सोसल मिडियाहरू फेसबुक,टुईटर,इनस्टाग्राम,युटुब को दिनँहु प्रयोग गरिरहेका हुन्छौ , मात्र आफन्त र साथीभाईहरू सँग कुरा गर्ने फोटो अपलोड गर्न फोटोहरू हेर्न बोर लागेको समयमा भिडियोहरु हेर्न को लागि मात्र सोसल मिडिया को प्रयोग गरिरहेको हुन्छौ ।
यदि हामीले अनलाईन मार्केटिङ्ग सम्बन्धी तालिम सिकेर हामीले प्रयोग गर्ने सोसल मिडिया को सहि सदुपयोग ।डिजिटल तथा फिजिकल प्रोडक्ट को बजार अनलाईन मार्केटिङ्ग गरि राम्रो आम्दानी गर्न सकिन्छ ।

अनलाईन मार्केटिङ्ग गर्न को लागि कुनै पनि अफिस, अपार्टमेन्ट आवश्यक पर्दैन बिश्व को जुन ठाउँबाट पनि एउटा कोठाबाट आफ्नै घरमा बसेर स्मार्ट फोन ल्यापटप र इन्टरनेट को माध्यमबाट बिश्व बजारमा अनलाईन मार्केटिङ्ग गर्न सकिन्छ ।
अनलाईन मार्केटिङ्ग गर्न को लागि हामीलाई ल्यापटप ईनटनेट स्मार्टफोन हुनुपर्छ । त्यसपछि हामीले अनलाईन मार्केटिङ्ग सम्बन्धी कोर्ष हरूको तालिम लिएर आफुले सिकेको कुराहरु लाई प्रक्टिकल रूपमा गरेर हामीले अनलाईन मार्केटिङ्ग गर्न सकिन्छ ।
अनलाईन मार्केटिङ्ग गर्न थोरै लगानी गरि अनलाईन कोर्षहरू किनेर आफुले सिकेको कुराहरु सोसल मिडिया को प्रयोग गरेर डिजिटल तथा फिजिकल प्रोडक्ट नेपाल भरी र बिश्व बजारमा बिक्री गरी राम्रो आम्दानी गर्न सकिन्छ ।

यदि तपाईहरु पनि अनलाइन मार्केटिङ्ग गर्न चाहनुहुन्छ भने । यस को बारेमा थप जानकारी लिन फ्री तालिम लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्नुहोला ।




Friday, February 7, 2020

किन सुरु गरे मैले अनलाईन मार्केटिङ्ग?





यहाँहरूलाई मेरो बलग मा स्वागत गर्दै मैले अनलाईन मार्केटिङ्ग किन सुरु गरेको भन्ने विषयमा बलग लेख्ने कोसिस गरेको छु ।
म एक कम्पनीमा कार्यरत कर्मचारी हु । मेलै अनलाईन मार्केटिङ्ग को बिषयमा दुई वर्ष अगाडि फेसबुक मा बिज्ञापन पढेको थिए ।
त्यसमा पार्ट टाइम पनि अनलाइन मार्केटिङ्ग गरि आम्दानी गर्न सकिन्छ भन्नी लेखिएको थियो तर मलाई यो कुरा बिश्वास लागेको थिएन ।यस सम्बन्धी अरु धेरै कुराहरु थाहा थिएन ।
मलाई यस विषयमा केही कुरा जान्न मन लाग्यो र त्यस सम्बन्धी जानकारी हरु को खोजी खोजी पढ्न र युटुब मा त्यस सम्बन्धि भिडियोहरु हेर्न लागे । पछि थाहा भयो कि साच्चै नै यो पार्ट टाइम पनि काम गर्न मिल्ने काम रहेछ ।त्यसपछि अनलाइन मार्केटिङ्ग सम्बन्धी चाहना बढ्दै गयो । म पनि अनलाइन मार्केटिङ्ग गरि केही आर्थिक आम्दानी गरि आफ्नो आर्थिक स्थिति राम्रो गराउन सकिन्छ भन्ने सोचे ।
अफिस समय बाहेक को बिहान बेलुकाको समय सदुपयोग गरि अनलाईन मार्केटिङ्ग गर्छु भनेर बिचर गरे तर कसरी अनलाईन मार्केटिङ्ग गर्न सकिन्छ भन्नी बिषयमा जान्न को लागि पहिले त तालिम को आवश्यकता हुने भएकोले । तालिम को सँग लिने कसरी अनलाईन मार्केटिङ्ग सम्बन्धी तालिम सिक्ने भन्ने विषयमा अन्योल मा थिए ।
अनलाईन मार्केटर जितेन राई सर को युटुब मा भिडियो हरु पनि हेर्ने गरेको थिय। यसै क्रममा मा नेपाली अनलाइन मार्केटर जितेन राई सर मेरो फेसबुक मा कुरा भयो । उहाँले अनलाईन मार्केटिङ्ग सम्बन्धी धेरै कुराको जानकारी दिनुभयो । एउटा फ्रि मा अनलाईन कोर्ष दिनुभयो र मैले त्यो तालिम हेरिसकेपछि अनलाईन सम्बन्धि धेरै कुराहरु थाहा भयो ।
मलाई यस श्रेत्रमा लाग्न अझै हौसला प्रदान भयो। म मा अनलाईन सम्बन्धी धेरै रुचि राख्ने भयको ले यस क्षेत्रमा निरन्तर रुपमा मेहनत गरेर भविष्य मा अनलाईन मार्केटर हुन्छु।आफ्नो जीवनशैली मा परिवर्तन गराउछु भन्ने सोचले अहिले अनुज भाई डट कम को अनलाईन कोर्ष किनेर तालिम लिदै आइरहेको छु ।
अनुज भाई डट कम को अनलाईन कोर्ष को अनलाईन मार्केटिङ्ग पनि गरेको छु । यदि तपाईँहरू पनि यस क्षेत्रमा काम गर्ने चाहनुहुन्छ । अनलाइन मार्केटिङ्ग सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने मेरो फेसबुक मा मेसेज गर्न सक्नुहुनछ र ईमेल पनि गर्न सक्नु हुनेछ |
facebook.com/binu.mahat.16
5humb24148@gmail.com

Sunday, February 2, 2020

यहाँहरूलाई मेरो बलग मा स्वागत छ ।



यहाँहरूलाई मेरो बलग मा स्वगत छ ।

आज पहिलो पटक बलग लेख्ने कोसिस गरेको छु । यहाँहरुले मेरो बलग पढॅनु हुनेछ भन्नि पुर्ण आसा गरेको छु। मेरो नाम बिनु महत हो । मेरो घर स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर आठ कुसुन्दे हो । हाल दुई बर्ष देखि काम को सिलसिलामा पोखरा बस्दै आएको छु।
म वल्डलिङ कमिनिकेसन लिमिटेड कम्पनी मा दुई वर्ष बाट टेक्निकल सपोर्ट प्रतिनिधि भयर काम गरदै आएको छु।म एक इन्टरनेट सेवा प्रदायक कम्पनी मा काम गर्ने भयको ले मैले सधैं यही सोच्ने गर्छु इन्टरनेट को प्रयोग गरेर इन्टरनेट बाट कसरी आम्दानी गर्ने ।

मैले धेरै बर्ष पहिले बाट नै सुनेको थिए इन्टरनेट को प्रयोग गरि पनि आम्दानी को स्रोत बनाउन सकिन्छ भन्ने विषयमा र केही भिडियो हरु पनि अनुज भाई डट कम युटुब मा हेर्ने गरर्थे।यसै क्रममा केहि समय अगाडी अनलाईन मार्केटर जितेन राई सर सँग कुरा गर्ने मौका मिल्यो र महिले उहाँसँग अनलाईन मार्केटिङ्ग सम्बन्धी धेरै कुरा बुझ्ने प्रयास गरे । जीतेन सरले पनि मलाई अनलाईन मार्केटिङ्ग सम्बन्धी धेरै जानकारी दिनुभयो ।

त्यसपछि मैले पनि अनलाइन कोर्ष सिकेर पार्ट टाइम अनलाईन मार्केटिङ्ग गरने निधो गरे ।अहिले म अनुज भाई डट कम को अनलाईन कोर्ष किनेर तालिम लिदै आइरहेको छु